दफा १०१
यात्री र मालसामान सुरक्षित रूपमा पुर्याउनु पर्ने
(१) सार्वजनिक यातायात सेवाका धनी वा व्यवस्थापकले मालसामान वा यात्रीको जिम्मा लिएपछि यात्राको शुरूदेखि गन्तव्य स्थानसम्म निर्धारित समयभित्र सुरक्षासाथ पुर्याउनु निजको कर्तव्य हुनेछ ।
तर यात्रीलाई असुविधा हुने गरी गन्तव्य स्थानमा पुग्ने समय निर्धारण गर्न हुँदैन ।
(२) कुनै सार्वजनिक सवारी विग्रेमा वा दैवी परी सवारी अघि बढाउन नसकिने भएमा पनि यात्रीको सुविधालाई ध्यान पु¥याउनु र सवारीमा रहेको मालसामानको सुरक्षा गर्नु त्यस्तो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा अन्य कर्मचारीको अनिवार्य दायित्व हुनेछ ।
(३) उपदफा (२) मा लेखिएको अवस्था परी सवारी अघि बढाउन नसकिने भएमा पनि सवारी धनी वा व्यवस्थापकले यात्रीहरूलाई गन्तव्य स्थानसम्म पु¥याउने व्यवस्था गर्नु पर्नेछ ।